सवारी साधनको भाडा घटाउन माग

0

काठमाडौं । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सवारी साधनको पनि भाडादर घटाउन तत्काल माग गरेको छ । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गर्नुभएको छ ।
नेविसङ्घले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल भाडादर नघटाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलमा रु पाँच तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु छका दरले मूल्य घटाएको थियो । निगमका डिपोमा थुपारेर राखिएको तेल तत्काल बजारमा वितरण गरेर जनजीवन सहज बनाउन पनि आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.