संसद् बैठक एक साता नबस्ने

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक एक हप्ताका लागि स्थगित भएको छ । संसद सचिवालयले आज दिउँसोका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगित गरेको जानकारी दिएको हो । सभामुख ओनसरी घर्ती विदेशमा रहेको र सदनमा पेश भएको संविधान संशोधन विधेयकमा प्रमुख राजनीतिक दल र आन्दोलनरत दलबीच सहमतिको प्रयास भइरहेकाले बैठक स्थगित गरिएको जनाइएको छ । बैठक आगामी माघ ५ गते दिउँसो १ बजे बस्ने छ ।