धुमधामले मनाए – बेल्जियममा तमु ल्होसार (फोटो फिचर …)

0

चारदिशा, बेल्जियम

बेल्जियममा बसोबास गर्ने नेपाली गुरुङ समुदायले नेपाली हरुको राष्ट्रिय पर्ब अन्तर्गत आफ्नो नयाँ बर्ष ‘तमु ल्होसार’ भब्यता साथ मनाएका छन ।  २६००  तमु ल्होशारको उपलक्षमा आयोजित कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास बेल्जियमकी द्वीतीय सचिब श्रीमती ललिता सिलवाल, संस्थाका अध्यक्ष जीबन गुरुङ र क्याप्टेन जोख बहादुर गुरुङले संयुक्त रुपमा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो

कार्यक्रममा गैर आबासिय नेपाली संघका अध्यक्ष गंगाधर गौतम, केन्द्रीय सचिब अर्जुन कुमार श्रेष्ठ , सल्लाहकार पिजी शेर्पा , युरोप सह सन्योजक प्रेम गुरुङ , आई सिसी सदस्य जानकी गुरुङ, नेत्र मगर,  चिज कुमार श्रेष्ठ र एनआरएन नेदर्ल्यान्डका अध्यक्ष्य हिमाल गुरुङ ; लक्जेमबर्गका प्रबक्ता नारायण गुरुङ लगायत बिभिन्न बैचारिक एबम सामाजिक संघ संस्थाका प्रतिनिधि सहित्  करीब एक हजारको हाराहारिमा आफ्नो सँस्कृतिक भेष भुषामा सजिएका नरनारीहरुले उत्साह पूर्वक कार्यक्रममा सहभागिता जनाएका थिए ।

सन २००० मा स्थापित तमु समाज, बेल्जियमकै पुराना संस्थाहरु मध्य एक हो । बेल्जियमको स्थानीय समुदाय सँग मिलेर Integration सँग संबन्धित गरिने गतिबिधीहरुको आधारमा बेल्जियम सरकारद्वारा (Recognized vzw) मान्यता प्राप्त एक मात्र संस्था ‘तमू समाज बेल्जियम’लाई एक दशक देखि सामाजिक सांस्कृतिक गतिबिधिहरु सम्पन्न गर्दै आएकोमा सन २०१३ मा बेल्जियमको राजदरबारबाट निमन्त्रणा गरी एक समारोह बिच सम्मान गरिएको थियो । बेल्जियमको नेपाली समुदाय माझ सामाजिक सान्स्क्रिती गतिबिधिमा तमु समाजको भूमिकालाई सबैले प्रसंशा गर्ने गरेका छन ।

तमु समाजलाई बिभिन्न समयमा सहयोग गर्नु भएका र ल्होसार कार्यक्रमलाई प्रायोजन गर्नु हुने बिभिन्न ब्यक्तिहरुलाई मायाको चिनो प्रदान तथा खादा लगाएर सम्मान गरिएको थियो ।

सोफी कार्की महर्जनद्वारा प्रशिक्षित स्थानीय कलाकारहरुको संयुक्त टिमले बिबिध न्रित्य तथा गायन अभिनययुक्त कार्यक्रमहरु जोडदार प्रस्तुत गरेका थिए । कमल गुरुङको एकल गायनले पनि सहभागिहरुलाई धेरै बेर नचाएका थिए ।

लोकगायक खेमराज गुरुङद्वारा क्षमा याचना
नेपालबाट सोही कार्यक्रमका लागि आएका लोक गायक खेमराज गुरुङले स्वास्थ्य स्थिति खराब भएका कारण आफ्नो गायन प्रस्तुत गर्न  सकेनन । कलाकार गुरुङले आफ्नो फेशबूक पेजमा सम्पूर्ण बेल्जियमबासी नेपालीहरु समक्ष आयोजक तथा सबै नेपाली समुदायमा पर्न गएको असुबिधा प्रति क्षमा याचना गर्दै माफि मागेका छन ।

उनको फेसबुक स्टाटस :

सम्पूर्ण बेलजियम बासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा साथै तमु समाज बेलजियम सम्पूर्ण मा सबै सबै मेरा आफन्त सुभचिन्तकहरुमा लोछ्हार कार्यक्रममा म बिरामी भै आफ्नो गितगायन राख्न सकिन यसबाट पर्न गएको असुबिधा पर्ति तमु समाज ,NRN समुदाय र सबै सबैमा छ्यमा चाहन्छु !
2016 को अनि तमु लोछ्हारको शुभकामना !

loshar 1stlosar 3losarbaby losharloshar 5baby loshar 1loshar 5loshar foodloshar goreloshar guruloshar lady 2loshar ladyloshar lady1loshar lady5loshargange 2gange 3gange 4gange

 

Leave A Reply

Your email address will not be published.