ब्रसेल्समा नयाँ वर्ष नमनाइने

0

ब्रसेल्स । बेल्जियमको राजधानी ब्रसेल्समा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा नयाँ वर्षका अवसरमा हुने सबै समारोह रद्द गरिएको छ । बेल्जियमका प्रधानमन्त्री चाल्र्स मिसेलले ब्रसेल्समा आतंकवादी आक्रमण हुनसक्ने आशंकामा नयाँ वर्षको स्वागतमा हुने आतिसवादी र कार्यक्रम नगर्ने निर्णय भएको बताए । गत मंगलबार बेल्जियमको प्रहरीले नयाँ वर्षको स्वागत समारोहमा आक्रमणको योजना बनाएको आरोपमा दुई जना संदिग्धलाई नियन्त्रणमा लिएको थियो । गत नोभेम्बरमा फ्रान्सको पेरिसमा भएको आतंककारी आक्रमणपछि बेल्जियममा पनि सुरक्षा सतर्कता बढाइएको छ ।

Leave A Reply

Your email address will not be published.