विद्युत सर्ट भई निस्किएको धुवाँमा निसासिएर चारजनाको मृत्यु

0

पोखरा । पोखरा–१४ चौथेस्थित प्रगति टोलमा सिता रानाको घरमा बिजुली सर्ट भई निस्किएको धुंवाले निसासिएर एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ बर्षिया सिता राना उनको ११ बर्षिय छोरा सिमान्त राना, नातामा छोरी पर्ने २८ बर्षिया बसन्ती राना र सता रानाकी आमा ५६ बर्षिया गंगा कुमारी थाल छन् ।
उनीहरु सबैजना मृत अवस्थामा बुधबार बिहान फेला परेका हुन् । घटना रातीको भएपनि घरको तल्लो तल्लामा बसेकाले विहान धुंवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर हेर्दा मात्र सबै जना सुतिरहेकै अवस्थामा मृत भेटिएका हुन् । घरको झ्याल र ढोका सबै थुनेकोले उनीहरु निसासिएको प्रहरीले जनाएको छ । सिता रानाको श्रीमान् भने बैदेशिक रोजगारीको सिलसिलामा इजराइलमा छन् ।

Leave A Reply

Your email address will not be published.