महतोको स्वास्थ्यमा सुधार, सप्तरीमा प्रदर्शन

0

विराटनगर । भन्सार नाका अवरुद्ध गर्ने क्रममा भएको झडपमा परी घाइते हुनुभएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । शनिबार अपराह्न विराटनगरको रानी भन्सार अगाडि मधेसी मोर्चाका कार्यकर्ताका साथ धर्नामा बसेपछि प्रहरीसँग झडप हुँदा उहाँ घाइते हुनुभएको थियो । विराटनगरस्थित गोल्डेन अस्पतालको सघन उपचार कक्षमा शनिबार बेलुकी भर्ना हुनुभएका उहाँको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

आन्दोलनरत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले कुटपिट गरेर घाइते बनाएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहानैदेखि राजविराजमा प्रदर्शन गरेका छन् ।  मोर्चाका कार्यकर्ताले राजविराजस्थित गजेन्द्र चौक, दर्शन चौक, अस्पताल चौकलगायत विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । घटनाका दोषीमाथि कारबाहीको माग गर्दैै प्रदर्शन गरिएको हो ।

Leave A Reply

Your email address will not be published.