भारतीय राजदूत राय पुनः सक्रिय, सभामुखसँग भेट

0

काठमाडौं । सभामुख ओनसरी घर्तीसँग नेपालका लागि भारतका राजदूत रणजीत रायले शिष्टाचार भेट गर्नुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय परिसरस्थित सभामुख घर्तीको कार्यालयमा आज भएको शिष्टाचार भेटमा उहाँहरुबीच सदनमा पेस भएको संविधान संशोधन विधेयकका बारेमा केन्द्रित छलफल भएको थियो ।
राजदूत रायले संविधान संशोधनको प्रक्रियाका बारेमा चासो राख्नुभएकामा सभामुख घर्तीले त्यसको विधि र प्रक्रियाका बारेमा बताउनुभएको थियो ।
उहाँले आन्दोलनरत पक्षका मागलाई सम्बोधन गर्ने ढङ्गबाट संविधान संशोधन विधेयक अगाडि बढाइएको उल्लेख गर्दै सरकारले तराई मधेसका दलका चासो र चिन्तालाई सम्बोधन गर्न सोमबार गरेको निर्णय सही भएको भनी भारत सरकारले दिएको प्रतिक्रियाको प्रशंसा गर्नुभयो । सो अवसरमा उहाँहरुबीच दुवै देशका संसद्स्तरमा सम्बन्ध विस्तार हुनुपर्नेलगायतका दुईपक्षीय हित र चासोका विषयमा समेत कुराकानी भएको सभामुख घर्तीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.