मधेस आन्दोलनलाई हिंसात्मक नबनाऊ : पौडेल

0

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेस आन्दोलनलाई लोकतान्त्रिक र शान्तिपूर्ण ढंगबाट संचालन गर्न मधेसवादी दलहरुलाई आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित स्वर्गीय रामनारायण मिश्रको ४८ औं स्मृतिसभामा बोल्दै पौडेलले मधेसवादी दलहरुलाई हिंसात्मक आन्दोलन त्यागेर शान्तिपूर्ण आन्दोलन अघि बढाउन आग्रह गरे ।
उनले भने, ‘आन्दोलनलाई हिंसात्मक रुप दिनु हुँदैन ।’मधेस आन्दोलनलाई राज्यले पनि संयमताका साथ राजनीतिक रुपमा समाधान गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले प्रधानमन्त्री केपी ओली समस्या सुल्झाउनभन्दा लम्ब्याउनतर्फ लागेको आरोप लगाएका थिए ।

Leave A Reply

Your email address will not be published.