छ महिनाभित्र परिणाम देखिने गरी काम गर्छुः सिइओ जोशी

0

नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भूकम्पपछि थलिएको मुलुकको पर्यटनलाई पहिलाको अवस्थामा पु¥याउन छ महिनाभित्रै परिणाम देखिने गरी काम गर्ने बताउनुभएको छ ।
झन्डै चार वर्षदेखि रिक्त बोर्डको सिइओमा हिजो बिहिबार नियुक्त हुनभएका जोशीले रासससँग कुरा गर्दै भन्नुभयो– “भूकम्पपछिको पर्यटनलाई पहिलाको अवस्थामा फर्काउने चुनौती छ, म थोरै बोल्ने धेरै काम गरेर देखाउने पक्षमा छु, तीनदेखि छ महिनाभित्र परिणाम पर्यटन क्षेत्रमा देखिनेछ । ”
उहाँले भूकम्प र पछिल्लो नाकाबन्दीका कारण मुलुकमा पर्यटकको सङ्ख्यामा कमी आएको भन्दै आगामी दिनमा पर्यटकको सङ्ख्या वृद्धि गर्न विशेषरुपमा राष्ट्रिय अभियान सुरु गरिने उल्लेख गर्नुभयो । “सन् २०१७ वा २०१८ लाई राष्ट्रिय अभियानको रुपमा घोषणा गरी पर्यटक बढाउछौँ, परम्परागत ढाँचाभन्दा फरक ढङ्गले प्रवद्र्धनका कार्यक्रम ल्याउँछौँ त्यसका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको भरपुग उपयोग गरी विदेशमा समेत प्रवद्र्धनात्मक कार्यक्रम लैजान्छौँ ।”
बोर्डका अनुसार सन् १९९८ मा भिजिट नेपाल राष्ट्रिय अभियान चलाएकाले सन् १९९९ मा पाँच लाख पर्यटक पुगेका थिए । सन् २०११ मा नेपाल भ्रमण वर्ष अभियान चलाएर सन् २०१२ मा आठ लाख पर्यटक पुगेका थिए ।
सरकारले सन् २०२० सम्म २० लाख पर्यटक पु¥याउने लक्ष्य लिएको छ । त्यसअनुरुप प्रवद्र्धनात्मक कार्यक्रमलाई व्यापक रुपमा अघि बढाउन बोर्डलाई चुनौती छ ।
मुलुकको पर्यटन प्रवद्र्धनको मेरुदण्डको रुपमा रहेको पर्यटन बोर्डलाई सुस्त पारदर्शी र अन्तर्राष्ट्रिय बजारमुखी बनाउन पनि विशेष अभियान चलाइने सिइओ जोशीको योजना छ । सरकार र निजी क्षेत्रसँग समन्वय गरी पर्यटकीय गन्तव्यको खोजी र प्रवद्र्धनात्मक कार्यलाई प्रथामिकता दिइनेछ ।
उहाँले प्रतिस्पर्धी बजारमा उपयोगी हुने गरी बोर्डको अहिलेको टिमलाई बढाएर दक्ष जनशक्तिको व्यवस्थापनको साथै संस्थाभन्दा बाहिरका विज्ञहरुलाई ल्याएर प्रभावकारी काम गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.