सरकारले प्रभावकारी काम गर्न सकेन: एमाओवादी

0

काठमाडौं, मंसिर २६ । एकीकृत नेकपा माओवादीले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी कमिटीको बैठकले सरकारको आलोचना गरेको हो । बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनता, संविधान कार्यान्वय र जनतालाई अनुभूति हुने खालको काम गर्न नसकेको बताएका थिए ।
उनीहरुले सरकारले भ्रष्टाचार नियन्त्रण गर्नु भन्दा भ्रष्टाचारीलाई प्रश्रय दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । बैठकले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसक्ने निष्कर्ष निकालेको एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा सदस्यहरुले दिन दहाडै जनता ठगिँदासमेत सरकार रमिते भएको र उल्टै प्रशासनतन्त्र कालोबजारीमा लिप्त भएको भन्दै असन्तुष्टि जनाएका थिए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले दलहरुबीच भइरहेका वार्ता र संवादका प्रगति र सरकारले गरेको काम कारबाहीबारे जानकारी दिएका थिए । बैठकमा सदस्यहरुले गृह मन्त्री शक्तिबहादुर बस्नेतका पछिल्ला क्रियाकलापबारे असन्तुष्टि जनाउँदै आलोचना गरेका थिए ।

Leave A Reply

Your email address will not be published.