राँगोको कमाइ, वर्षको रु सत्तरी हजार

0

व्यावसायिक पशुपालनमा बाग्लुङ जिल्लाको दमेक–८ का भैरवप्रसाद सापकोटाले पालेको राँगोले वर्ष दिनमा रु ७० हजारभन्दा बढी कमाइ गर्ने गरेको छ । गाउँभरका भैँसी गर्भवती गराएबापत राँगोबाट सो आम्दानी सापकोटाको परिवारमा भित्रने गरेको छ । रु २४ हजारमा किनेको राँगोबाट वर्षदिन मै त्यसको तेब्बर आम्दानी हुन थालेपछि उहाँ राँगोपालनबाट सन्तुष्ट हुनुहुन्छ । अन्य किसानको गोठमै लगेर भैँसी गर्भवती बनाएमा रु छसय र आफ्नै गोठमा ल्याए रु पाँचसय लिने गरेको सापकोटाले बताउनुभयो ।
“यो वर्षको हालसम्म ८५ वटा भैँसी राँगोबाट गर्भवती भइसकेका छन्” उहाँले भन्नुभयो । एक वर्षमा सयभन्दा बढी भैँसी गर्भवती हुने गरेका न्छन्, यो वर्षनै ८५ वटा भइसकेका छन्’ सापकोटाले भन्नुभयो ‘वर्षमा ७० देखि ८० हजारसम्म त यही राँगोबाट कमाइ हुन्छ ।’
स्याहार, दानापानीका हिसावले राँगोपालन खर्चिलो भएपनि त्यसबाट नियमित आम्दानी हुने उहाँको भनाइ छ । गाउँघरमा निकै कम राँगो पाल्ने चलन भएपछि भैँसी गर्भवतीको लागि एकै ठाउँमा धेरै किसान भरपर्नुपर्ने अवस्था छ । पहिले–पहिले भैँसी गर्भवती गराउँदा अन्न दिने गरिएपनि पछि नगदको चलन आएको सापकोटाले बताउनुभयो । “राँगो पाल्दा खर्च बढ्नका साथै जोखिम पनि उत्तिकै हुन्छ” उहाँले भन्नुभयो ।
किसानका गोठ–गोठमा लैंजादा झण्झट भएपनि त्यसको कमाइले त्यो दुःख पनि बिर्साइदिने गरेको सापकोटाको भनाइ छ । चार वर्षअघि व्यावसायिक पशुपालन सुरु गर्नुभएका उहाँको परिवारले सो पेशाबाट वार्षिक रु चार लाख आम्दानी गर्न सफल भएको छ । हेफर इन्टरनेशनल, नेपालले दिएको पैंचो बाख्राबाट सापकोटाको परिवारले व्यावसायिक पशुपालन सुरु गरेको हो ।
अहिले सफल कृषि उद्यमीको परिचय बनाउनुभएका सापकोटा र उहाँकी पत्नी टुल्की उदाहरणीय बन्नुभएको छ । हेफर इन्टरनेशनल, नेपालले दिने रु ७० हजारको स्वर्णीम प्रतिभा पुरस्कार यो वर्ष टुल्कीले पाएपछि उहाँको परिवारमा खुसीयाली छाएको छ । सापकोटाको खोरमा अहिले २४ वटा बाख्रा छन् । वर्षमा हजारौँ मुल्यका खसी–बोका बेच्ने गरेको टुल्की थापा सापकोटाले बताउनुभयो ।
बाख्रापालनसँगै कुखुरा र तरकारी खेतीलाई समेत व्यावसायिक बनाउनुभएका सापकोटाले मौरीपालन पनि गर्दै आउनु भएको छ । मौरीबाट समेत उहाँले नियमित आम्दानी गर्दै आउनुभएको छ । “कृषिलाई व्यावसायिक बनाउँदै यसैलाई मुख्य पेशा बनाएका छौँ, बाँचुञ्जेल र सकुञ्जेल यसमै रमाउँछौँ” टुल्कीले भन्नुभयो । यसैको कमाइले पाँच छोरीको लालनपालन, पढाइ, घरखर्च सबै चलेको तथा नियमित बचत समेत गर्ने गरेको उहाँले बताउनुभयो ।
अन्तरजातीय विवाह गरेका सापकोटा दम्पतिले कुनै समय परिवार र समाजबाट अवहेलना–दुव्र्यवहार सहनुपरेपनि मेहनत र सङ्र्घषबाट अहिले आपूmलाई गाउँमै स्थापित गर्न सफल हुनुभएको छ ।
– रामबहादुर थापा

Leave A Reply

Your email address will not be published.