इन्धन उपलब्ध गराउन साउदी सरकारसँग आग्रह

0

काठमाडौं, २२ मंसिर । सरकारले अनुदानमा इन्धन उपलब्ध गराउन साउदी अरबलाई अनुरोध गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतको अघोषित नाकाबन्दीपछिको इन्धन सङ्कट टार्न साउदी सरकारलाई अनुदानमा दश दश हजार किलोलिटर डिजेल र पेट्रोल उपलब्ध गराइदिन अनुरोध गरेको मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालय मार्फत सो अनुरोध गरिएको हो । सरकारले यसअघि चीनबाट १३ लाख लि पेट्रोल अनुदानमा ल्याइसकेको छ ।

Leave A Reply

Your email address will not be published.