कुन कुन मधेशी नेता दिल्ली जाँदैछन ?

0

काठमाडौं, १९ मंसिर  । मधेसी मोर्चाका शीर्ष नेताहरु आइतबार भारत भ्रमणमा जाने भएका छन् । शनिबार राजधानीमा बसेको मोर्चाको बैठकपछि जारी विज्ञप्तीमा आइतबार मोर्चाका शीर्ष नेताहरु भारतको नयाँ दिल्ली जाने जनाइएको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव आइतबार दिल्ली जाने मोर्चाले जनाएको छ ।
दिल्लीमा मधेस आन्दोलन र नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने मोर्चाका नेताहरुले वताएका छन् । भारतमा विभिन्न राजनीतिक दलका नेताहरुसँग विभिन्न नेपालको पछिल्लो अवस्थबारे अन्तरक्रिया गर्ने उद्देश्यले नेताहरु भारत जान लागेका पनि मोर्चाको बैठकपछि जारी विज्ञप्तीमा उल्लेख छ । मोर्चाले गत बिहीवार सर्लाहीको नवलपुरमा आयोजित शान्तिपूर्ण सभामा प्रहरीले दमन गरेको भन्दै विरोध जनाएको छ । यस्तै एम्बुलेन्स, प्रेस, कुटनीतिक नियोग, मानवअधिकारर्मी र कुटनीतिक नियोगका सवारी साधनलाई अवरोध पुर्‍याउने कुनै नीति नरहेको पनि मोर्चाले स्पष्ट पारेको छ ।

Leave A Reply

Your email address will not be published.