सहभागी हुन एनआरएन बेल्जियमको आग्रह

0

बसेल्स, १२ मङ्सिर । नेपालमा अहिले भई रहेको  नाकावन्दीको कारणले पुरै मुलुक निकै कष्ट र असिजिलो परिस्थितीमा रहेको  बिषय त संपुर्ण प्रवासमा रहेका नेपालीहरुले अनुभव गरेको बिषयनै हो । यहि असजिलो परिस्थितीमा नेपाललाई आफुले सकेको  सहयोग गर्नु हामी नेपालीको कर्तब्य मात्र नभएर राज्य प्रतिको दाईत्व पनि हो ।

यसै सिलसिलामा गैर आवसिय नेपाली संघ अन्तराष्ट्रीय सामन्य परिषदले संसार भरि रहेका प्रवासी नेपालीहरुसंग सहयोगको आव्हान गर्दै अत्यावश्यक औषधीको आपुर्तीको सुरुवात गरि सकेको छ । हामी बेल्जियममा रहेका प्रवासी नेपालीहरुले हामीले सकेको सहयोग गर्ने प्रतिवद्धताकासाथ गैर आवसिय नेपाली संघ, बेल्जियमको नेतृत्वमा नेपालमा औषधी आपुर्तिमा सहयोग गर्नकालागी आर्थिक उठाउने अभियानको थालनी गरेको बिषयमा बेल्जियममा रहनु भएका संपुर्ण नेपालीहरुमा जानकारी गराउदछौं ।

गैर आवसिय नेपाली संघ, बेल्जियमका पदाधीकारीहरुको नेतृत्वमा घर दैलो अभियान संचालन गर्न गई रहेकोले तपाई बेल्जियमबासी नेपालीहरुको घर तथा ब्यपार ब्यवसाय संचालन गरेको ठाउंमा आई तपाईले सक्ने सहयोग गरी राज्यलाई परेको माहासंकटमा सहयोग गरी मातृभूमी प्रतिको नागरीकले गर्नुपर्ने दाईत्वमा सहभागी हुनुहुनेछ भन्नेमा हामी बिश्वास गरेका छौं ।

तपाईहरुको सहयोगको पारदर्शितामा कुनै प्रश्न उठाउने ठाउं रहने छैन भन्नेमा गैर आवसिय नेपाली संघ, बेल्जियम बिश्वास दिलाउदछ । यदी तपाईको घरमा हाम्रो टोली आई नपुगेको भए तपाईको क्षेत्रका गैर आवसिय नेपाली संघ, बेल्जियमका प्रतिनिधीलाई तत्काल संपर्क गर्नु होला ।

लोक दाहाल
महासचिव
एनआरएन बेल्जियम

Leave A Reply

Your email address will not be published.