सत्तारुढ दलका शीर्ष नेताबीच छलफल

काठमाडौं, ९ मंसिर । सत्ता साझेदार दलका शीर्ष नेताका बीचमा तराई–मधेसमा जारी आन्दोलनले उत्पन्न गरेको समस्या र संविधान संशोधन कसरी गर्नेलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको सो छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारको सहभागिता रहेको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिएको जानकारीअनुसार छलफलमा इन्धन आपूर्तिका बारेमा पनि छलफल भएको थियो । सो अवसरमा एमाओवादी अध्यक्ष दाहालले तराई–मधेसको समस्या समाधान गर्न आफूले मंगलबार आन्दोलनर पक्षसँग भएको छलफलका विषयमा प्रधानमन्त्री ओली तथा उपप्रधानमन्त्री गच्छदारलाई जानकारी गराएका थिए । रासस