परराष्ट्रमन्त्री थापालाई भारतीय राजदूतको सन्देश

0

काठमाडौं, ७ मंसिर । मधेस आन्दोलन चर्किरहेको र भारतको नाकाबन्दीका कारण नेपालीहरुले सास्ती भोगिरहेको बेला भारतीय राजदूत रणजीत रायले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापासँग भेट गरेका छन् । परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटमा मधेस समस्या र सीमानाका खुलाउनेबारे छलफल भएको बताइएको छ । यसअघि, परराष्ट्रमन्त्री थापाले सार्वजनिकरुपमा भारत भ्रमणका बेलामा सीमा अवरोध खुलाउने सन्दर्भमा भारतका उच्च तहबाट आफूले पाएको आश्वासन पूरा नभएको टिप्पणी गर्दै भारतबाट उक्त आश्वासनको इमान्दारीताका साथ कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.