साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा जल शाह

0

काठमाडौँ, ४ मङ्सिर । नेपाली अमेरिकन कलाकार सङ्घ, नर्थ अमेरिकाको ‘साल्ट लेक सिटी च्याप्टर’ अध्यक्षमा नायिका जल शाहलाई मनोनीत गरिएको छ । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिनुभएकी नायिका शाहलाई भर्खरै बसेको सङ्घको बोर्ड बैठकले सर्वसम्मतरुपमा अध्यक्षमा मनोनीत गरेको ‘मिडिया संयोजक’ विमल डाँगीले जानकारी दिनुभयो ।
कलाकार सङ्घद्वारा आयोजित कार्यक्रममा ‘न्युयोर्क च्याप्टर’ संयोजक यम बरालले शाहलाइ प्रमाणपत्र प्रदान गर्नुभयो । नवनियुक्त अध्यक्ष शाहले सङ्घलाई आफूले अझ विस्तार गरेर विदेशमा रहेका नेपाली कलाकारको पक्षमा काम गर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.