नेपालीबीच एकता अभिवृद्धि होस् : पौडेल

0

काठमाडौँ, ३० कात्तिक । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले सूर्य देवता र छठी माताको पूजाआराधना गरी मनाइनेसांस्कृतिक पर्व छठका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।
नेता पौडेलले आज शुभकामना विज्ञप्ति जारी गरी बहुभाषा, बहुसंस्कृति, बहुजाति र आफ्नै विशिष्ट मौलिक परम्परा भएको देशमा यस प्रकारका पर्वले हिमाल, पहाड र तराईका नेपालीबीच आपसमा मित्रता, एकता र सद्भाव अभिवृद्धि विस्तार गरी मुलुकसामु आइपरेका सबैखाले समस्या समाधानमा समेत सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधानको प्रभावकारी कार्यान्वयन गरी नयाँ नेपाल निर्माणका लागि अघि बढ्न र अहिले मुलुकमा देखापरेको समस्या आपसी संवाद, वार्ता र छलफलका माध्यमबाट समाधान गर्न यस प्रकार पर्वले सहयोग पुग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.