फ्रान्सको पेरीसमा विध्वङ्सकारी आक्रमण, १२० भन्दा वढीको मृत्यु, राष्ट्रिय शंकट घोषणा

चारदिशा सम्वाददाता, पेरीस।
फ्रान्सको राजधानि पेरीसमा शुक्रवार राति भएका श्रृङ्खलावद्ध आतङ्ककारी हमलाहरुमा १४० भन्दा वढीको मृत्यु भएको छ। शुक्रवार व्यस्त रहने राजधानिको सात विभिन्न स्थानहरुमा विस्फोटन तथा स्वचालित हतियारको प्रयोग गर्दै आक्रमण भएको फ्रान्सेली समाचार संस्थाहरुले उल्लेख गरेका छन्।
फ्रान्स र जर्मनीवीच चलिरहेको फुटवल खेल आयोजना भैरहेको फ्रान्सेली खेलमैदान स्ताद द फ्राँसमा आक्रमण लक्षित थियो। म्याचमा सहभागी भएका खेलाडिहरुलाई प्रोत्साहन गर्न फ्रान्सेली राष्ट्रपति फ्रँस्वा हल्याण्ड आक्रमण हुँदा खेल अवलोकन गरिरहेका थिए। आक्रमण पश्चात उनलाई सुरक्षित तवरले वाहिर निकालिएको थियो।
सवैभन्दा विभत्त आक्रमण भने साङ्गितिक कार्यक्रम चलिरहेको वताकान नामक हलमा भएको थियो । उक्त हलमा मात्र सय भन्दा वढिको मृत्यु भएको ठानिएको छ। हजारौं रहेको उक्त हलमा हतियारधारी प्रवेश गरि अन्धाधुन्द आक्रमण गरेका थिए। उक्न स्थान गत जनवरिमा आक्रमण गरिएको फ्रान्सेलि पत्रिका चार्ल्स एव्दोको नजिकै रहेको र फ्रान्सेलीहरु जम्मा हुने स्थान हो।
फ्रान्सेली राष्ट्रपति फ्रान्स्वा होल्याण्डको निवास नजिकै पनि वम विष्फोटन भएको छ भने अन्य तिन आक्रमण भने साङ्गितक कार्यक्रम चलिरहेको वाताकन नजिकैको क्याफेहरुलाई पनि निशान वानइएका छन्।
संकटकाल घोषणा
आक्रमणका विच फ्रेन्च राष्ट्रपति फ्रँँस्वा होलेन्डले संकटकाल घोषणा गरेका छन्। शनिवार वस्ने सुरक्षा समितिको विशेष वैठकले शान्ति सुरक्षाको अवस्था मजवुत पार्न केही नयाँ रणनीति अपनाउने अपेक्षा गरिएको छ।
तस्वीर:- ल मोन्द