एमालेबाट मन्त्री छान्ने जिम्मा ओलीलाई

0

काठमाडौं, १८ कार्तिक । नेकपा एमालेले आफ्नो भागका मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दिएको छ । एमाले स्थायी समितिको बैठकले आफ्ना् पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्नेहरुको चयनका लागि ओलीलाई जिम्मा दिएको हो । पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा मंगलबार राति सम्पन्न बैठकले एमालेबाट मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको हो ।
ओलीले आवश्यक परेमा अन्य नेतासँग परामर्श गरी सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने जनाइएको छ । एमालेका भागमा आठ मन्त्रालय पर्ने स्रोतले जनाएको छ । एमालेले आफ्नो तर्फबाट मन्त्री छान्न ढिलाइ गरेकै कारण मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.