इन्धन बोकेको ६७ गाडी नेपाल प्रवेश

0

मोरङ, १३ कात्तिक । विराटनगरको रानी भन्सार नाकाबाट इन्धन बोकेका ६७ गाडी आज नेपाल प्रवेश गरेका छन् । विराटनगर भन्सार कार्यलयका सूचना अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार जोगवनी नाका हुँदै आज मध्याह्नसम्ममा डिजेलका ५५, पेट्रोलका आठ र ग्यासका चारवटा गाडी नेपाल प्रवेश गरेका हुन् । सूचना अधिकृत ढुङ्गानाले गत बुधबार बेलुका ५३ वटा इन्धनका गाडी भित्रिएको समेत जानकारी दिनुभयो । उहाँले इन्धन अझै सहज नभएको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.