राष्ट्रपतिलाई भारत, चीन र अमेरिकाबाट बधाइ

काठमाडौं, १२ कार्तिक । नवनिर्वाचित राष्ट्रपतिलाई विभिन्न मुलुकबाट बधाइ तथा सुभकामना आउने क्रम जारी छ। भारत, चीन र अमेरिकालगायतका मुलुकले बधाइ दिइसकेका छन्। राष्ट्रपतिमा निर्वाचित हुनसाथ पहिलोपटक चीनले बधाइ दिएको थियो। नेपालस्थित चिनिया राजदूत भण्डारीको निवासमा पुगेरका चिनियाँ राष्ट्रपतिको बधाइ सन्देश सुनाएक थिए। त्यसैगरी बिहीबार अमेरिकाले बधाइ दिएको छ।
अमेरिकी विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा नवनिर्वाचित राष्ट्रपतिलाई बधाइ तथा सुभकामना दिदै नेपालको समृद्धि, एकता र स्थायित्वका लागि सहयोग र सहकार्य गर्न तयार रहेको बताएको छ। त्यसैगरी भारतले पनि भण्डारीलाई बधाइ दिएको छ । नेपालका लागि भारतीय राजदूत रन्जित रे बिहीबार भण्डारीको निवासमा पुगेर उनलाई बधाइ दिएका हुन् ।