सभासद् यादवको घरमा बम फेला

0

सप्तरी, ९ कार्तिक । अज्ञात समूहले सप्तरीका क्षेत्र नं ६ बाट निर्वाचित सभासद् सुरेन्द्र यादवको घरमा सिलिन्डर बम राखेको अवस्थामा फेला परेको छ । राजविराज–५ मलेठस्थित यादवको घरमा आज बिहान सिलिन्डर बम फेला परेको प्रहरीले जनाएको छ । कसले किन बम राखेको खुल्न नसकेको र बमलाई निष्क्रिय पार्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक भीम ढकालले बताउनुभयो । यादव २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सभासद् हुन् ।

Leave A Reply

Your email address will not be published.