सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दै

0

भद्रपुर, ८ कातिक । इन्धनको सहज आपूर्ति हुन नसक्दा झापाको सीमावर्ती क्षेत्रमा पेट्रोलको कालोबजारी बढ्दै गएको छ । सीमावर्ती क्षेत्र बनियानी, पथरिया, काँकरभिट्टालगायतका क्षेत्रमा भारतीय नम्बरको मोटरसाइकलको ट्याकीमा ल्याएको पेट्रोल ग्यालेन वा पानीको बोतलमा खन्याएर बिक्री गर्ने गरिएको छ । यसरी ल्याइएको पेट्रोल प्रतिलिटर रु १५० देखि रु १८० सम्ममा बिक्री गर्ने गरिएको छ ।
तेलको कालोबजारी भारतीयले मात्र नभई सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले पनि गर्ने गरेका छन् । कतिपयले भारतीय नम्बरको मारुती भ्यान तथा बोलेरोमा ग्यालेनमा पेट्रोल राखेर ल्याई अनधिकृत व्यापार गर्ने गरेका छन् । काँकरभिट्टाका एक व्यापारीले पेट्रोल राजधानी र पोखरासम्म पु-याउने गरेको स्वीकार्दै प्रतिलिटर रु ५०० सम्ममा पेट्रोल बिक्री गरेको बताए ।

Leave A Reply

Your email address will not be published.