संविधान कार्यान्वयनप्रति प्रतिबद्ध छौ: सभापति कोइराला

0

काठमाडौं, ३ कार्तिक । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाले संविधान कार्यान्वयन गर्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपार्टर्स क्लबले आज महाराजगञ्जस्थित आफ्नै निवासमा गरेको साक्षात्कार कार्यक्रममा सभापति कोइरालाले लोकतन्त्रको संस्थागत विकास एवम् संविधानको कार्यान्वयनमा नेपाली काँग्रेस कहिल्यै नचुक्ने बताउनुभयो ।
संविधान संशोधन विधेयक र पुनःनिर्माण प्राधिकरण विधेयक शीघ्र पारित गर्न सुझाव दिँदै उहाँले नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोधको अन्त्यका लागि सशक्त कूटनीतिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । एक पृथक् प्रसङ्गमा सभापति कोइरालाले पार्टीको निर्णयअनुसार आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको स्पष्ट गर्दै लोकतान्त्रिक प्रणालीमा आफ्नो उम्मेदवारी अस्वभाविक नभएको बताउनुभयो । संवाद, सहमति, सहकार्य, मेलमिलाप र एकताबाटै मुलुकको विकास हुने दोहो-याउँदै पूर्व प्रधानमन्त्री कोइरालाले वार्ताको माध्यमबाट समस्याको हल खोज्न तराई–मधेसमा आन्दोलनरत पक्षलाई आग्रह पनि गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.