ओनसरी घर्ती पहिलो महिला सभामुख

0

काठमाडौं, २९ असोज । एकीकृत माओवादीकी सांसद ओनसरी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । व्यवस्थापिका–संसदमा शुक्रबार नयाँ सभामुखका लागि ओनसरी र नेमकिपाकी सांसद अनुराधा थापामगरले उम्मेदवारी दिए पनि उम्मेदवारहरुबारे समर्थन जनाउनेक्रम जारी रहँदा नेमकिपाले अनुराधाको उम्मेदवारी फिर्ता लिएसँगै ओनसरी निर्विरोध भएकी हुन् ।
ओनसरीले यसअघि उपसभामुखको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । ओनसरी नेपालको इतिहासमा पहिलो महिला सभामुख पनि बनेकी छन् । यसअघि, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सत्ता गठबन्धनका सभामुख र उपसभामुखका उम्मेदवारलाई नै मतदान गर्ने निर्णय गरेको थियो । यस्तै, उपसभामुखमा राप्रपा नेपालका सांसद गंगाप्रसाद यादव पनि निर्विरोध हुने पक्का भएको छ । सभामुख र उपसभामुखमा नेमकिपाले उम्मेदवारी दर्ता गराए पनि त्यो संविधानविपरित भएपछि नेमकिपाले उपसभामुख फिर्ता लिएको थियो ।

Leave A Reply

Your email address will not be published.