बडा दसैंको आज दोस्रो दिन

0

काठमाडौं, २७ असोज । बडा दसैंको दोस्रो दिन बुधबार(आज) शक्तिस्वरुपा ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ । मंगलबार घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको स्थानमा आज ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ ।
राजधानीलगायत देशभरका शक्तिपीठमा भक्तजनको घुईंचो लागेको छ । राजधानीको भद्रकाली, महाँंकाल, संकटा, नक्साल भगवती, मैतिदेवी, दक्षिणकालीलगायतका शक्तिपीठमा पूजाआजा गर्न जानेहरुको विहानैदेखि घुईंचो लागेको हो ।
मंगलबार राखेको जमरा नवरात्रभर पूजा आराधना गरेर विजया दशमीको दिन दुर्गा भवानीको प्रसादको रुपमा लगाउने चलन छ । घटस्थापनाको दिनदेखि नवमीसम्म घर तथा देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ । यसै अवसरमा दुर्गासप्तशती चण्डी पाठ गरिन्छ । नवरात्रमा व्रत बस्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

Leave A Reply

Your email address will not be published.