ओलीद्वारा उम्मेदवारी दर्ता

0

काठमाडौं, २३ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको लागि उम्मेदारी दर्ता गराएका छन् । ओलीले प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापा राखेर उमेद्वारी दर्ता गरेका हुन् । एमाले, एमाओवादी र राप्रपा नेपालका नेताहरुवीचको छुट्टा छुट्टै छलफलपछि ओलीको प्रस्तावक प्रचण्ड र समर्थकमा थापा लगायत अन्य १४ दलका सांसद् रहने टुंगो लागेको हो ।
ओलीको नेतृत्वमा सहमतिको सरकार गठन गर्ने पूर्व सहमति रहे पनि त्यसलाई तोडेर आफैं उम्मेदवार बन्ने निर्णय गरेको कांग्रेसले धोका दिए पनि एमाले एमाओवादी, राप्रपा नेपाल सहित संसद्का अन्य १४ पार्टी ओलीको पक्षमा उभिएका छन् ।

Leave A Reply

Your email address will not be published.