ओलीलाई समर्थन जुटाउँदै माधव नेपाल

0

काठमाडौं, २२ असोज । नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालालाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता माधवकुमार नेपालले अब बन्ने सरकारको नेतृत्व आफ्नो दलका अध्यक्ष केपी ओलीलाई समर्थन गर्न आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री कोइरालालाई आज उहाँकै निवासमा भेटेर नेता नेपालले विगतमा भएका सहमति, सोह्रबुँदे सहमतिलगायत सम्झौताको परिपालना गर्दै यसपटक मुलुकको वर्तमान अवस्थाको अन्त्य, संविधानको कार्यान्वयन र भूकम्पपछिको पुनः निर्माणका लागि पनि अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुनु अपरिहार्य भएको बताउनुभयो ।
“संविधान कार्यान्वयन गर्न मात्र नभई मुलुकको पछिल्लो राजनीतिक अवस्थाको असहज परिस्थिति अन्त्यका निम्ति एमालेलाई नेतृत्व दिनुपर्ने विषयमा प्रधानमन्त्रीजीसँग कुरा भयो । उहाँले पार्टीगत रुपमा छलफल भइरहेको र निर्णय आउन बाँकी रहेको जानकारी गराउनुभयो”, रासससँगको कुराकानीमा नेता नेपालले भन्नुभयो ।
लामो प्रजातान्त्रिक इतिहास बोकेको नेपाली काँग्रेसले एमाले र एमाओवादीसँग सहकार्य गर्दै मुलुकलाई विकास निर्माणका बाटोमा अग्रसर गराउने र काँग्रेसले हासिल गरेको जनविश्वास अझ उच्च हुनेमा आफू विश्वस्त रहेको नेता नेपालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.