सरकार समाधान खोज्न संवेदनशील छैन : नेता यादव

0

काठमाडौं, २१ असोज । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकार समस्याको समाधान खोज्न संवेदनशील नभएको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले विगतमा भएका सहमति कार्यान्वयन नगरेका कारण समस्या बढ्दै गएको बताउनुभयो ।
विगतमा गरिएको आठबुँदे र २२ बुँदे सहमतिको कार्यान्वयन नै मोर्चाको माग रहेको चर्चा गर्दै उहाँले यी सहमतिको कार्यान्वयन गरे समस्याको समाधान निस्कने बताउनुभयो । विगतका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न अन्तरिम संविधानमा समेटिएका विषय पनि नयाँ संविधानमा नसमेटिएको बताउँदै उहाँले तीन दलका केही नेताको ‘सिन्डिकेट’का कारण समस्या बल्झिएको धारणा राख्नुभयो ।
देशभित्रको असन्तुष्टिलाई सम्बोधन नगर्ने तर मित्रराष्ट्रका झन्डा जलाउने काम गरिएकामा उहाँको आपत्ति थियो । विगतमा राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनका आधारमा सीमाङ्कनका विषय टुङ्गोमा पु-याउनुपर्ने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.