तेल अभाव उस्तै

0

काठमाडौं, १९ असोज  । भारतीय ‘नाकाबन्दी’का कारण मंगलबार पनि इन्धनका ट्यांकर नगन्य मात्रामा मात्र भित्रिए । भारतले रक्सौलबाहेक अन्य नाका सामान्य सुचारु गरेको जनाएएपनि इन्धनका ट्यांकर भने अझै सहज किसिमले छाडिएको छैन । यसले गर्दा राजधानीलगायत देशभर पेट्रोलियम पदार्थको हाहाकार जारी छ ।
उद्योगधन्दा, व्यापार, व्यवसाय कलकारखाना र सर्वसाधारणको दैनिकीसमेत नराम्ररी प्रभावित भैरहेको छ । नेपाल आयल निगमले मंगलबार अत्यावश्यक सेवाका लागि सीमित मात्र तेल उपलब्ध गराएको छ । यसदिन निगमले उपत्यकाका ६ ओटा पम्पबाट ३० हजार लिटर पेट्रोल र ४७ ओटा पम्पबाट १ लाख ९१ हजार लिटर डिजल बिक्री गरेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.