भारतलाई चिढ्याए नेपाललाई नै हानी हुन्छ: डा.बाबुराम भट्टराई

0

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालले भारतलाई धेरै चिढाउन नहुने बताएका छन् । नवलपरासीको सुनवलमा पत्रकारहरुसँग नेता भट्टराईले भारतलाई चिढाएर नेपाललाई नै हानी हुने भन्दै नेपालले भारत र चीनलाई जोड्न नेपालले सेतुको काम गर्नुपर्ने बताए ।
भारतको जायज मागलाई नेपालले सम्बोधन गर्नुपर्ने भन्दै उनले आफूले निर्माण गर्न लागेको नयाँ पार्टी एक महिनाभित्र घोषणा हुने पनि उल्लेख गरे ।
नयाँ पार्टी गठनकै लागि आफूले केन्द्रदेखि जिल्लास्तरका विभिन्न पार्टीका नेता, उद्योगी, व्यवसायी र नयाँ सोच–विचार बोकेका व्यक्तिसँग भेटघाट तीब्र बनाएको जानकारी दिए । आइतबार मात्रै भट्टराईले एमाओवादीका अध्यक्ष प्रचण्डसहितका केही नेतालाई भ्रष्टाचारको अभियोगमा अख्तियारले समात्ने अभिव्यक्ति दिएका थिए । एमाओवादी भ्रष्टाचारीको अखडा भएको आरोपसमेत उनको थियो ।

Leave A Reply

Your email address will not be published.