अमरेशको कारबाही रोकियो

0

काठमाडौं १३ असोज । कांग्रेस सभासद् अमरेशकुमार सिंहको कारबाही प्रकृया रोकिएको छ । कैलालीको टिकापुरमा सामाजिक सदभाव भड्काउने गरी अभिव्यक्ति दिएकोमा कारबाही गर्ने भन्दै पार्टीको अनुशासन समितिले सिंहलाई एक महिनाअघि २४ घण्टे स्पष्टीकण सोधेको थियो । अनुशासन समितिका सदस्यहरुबीच कारबाही गर्ने कि नगर्ने भन्नेमा विवाद बढेको छ । विवादकै कारण समितिको बैठक समेत बस्न सकेको छैन । समितिका अध्यक्ष आमोद उपाध्याय बिरामी भएकाले समितिका कार्यबाहक सभापति दिलवहादुर घर्ती छन् । सदस्यहरुमा सुरेन्द्र पाण्डे, रमेश रिजाल र मिना पाण्डे छन ।
समितिका सदस्य पाण्डेबाहेक अन्य सदस्यहरु तत्काल कारवाही गर्न नहुने पक्षमा उभिएपछि बैठक बस्न नसकेको स्रोतले बतायो । समितिले सोधेको २४ घण्टे स्पष्टीकरणको जबाफ सिंहले भदौ ११ गते बुझाएका थिए । त्यसको भोलिपल्टै घर्तिले बैठक बोलाएका थिए । तर, अचानक बालाइएको बैठक स्थगित भएपछि अहिले सम्म बस्न सकेको छैन ।
प्रधामन्त्री सुशील कोइराला र बरिष्ठ नेता शेरवहादुर देउवाले कारबाही गर्ने सार्वजनिक रुपमा बताउँदै आएपनि समितिले बैठक सम्म राखेको छैन । प्रधानमन्त्री कोइरालाले टिकापुरको भ्रमणमा पनि कारवाही हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
कान्तिपुरबाट

Leave A Reply

Your email address will not be published.