भट्टराईको राजीनामा भारतीय स्वार्थमा

0

काठमाडौं, १२ असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एनेकपा माओवादी पार्टी परित्याग गरेपछि नेपाली राजनीतिक बृत्तमा अनेक टिका टिप्पणी भइरहेका छन् । पार्टी परित्यागको घोषणाका समर्थनमा लेखिएका केही लेखलाई डा. भट्टराईले आफ्नो ट्वीटर तथा फेसबुक पेजमा ‘शेयर’ समेत गरेका छन् ।
डा. भट्टराईले पार्टी परित्यागको घोषणापछि उक्त विषयमा थप प्रष्टिकरण वा उनका बारेमा गरिएका टिप्पणीको थप प्रतिक्रिया दिएका छैनन् । तर उनले पार्टी परित्याग गरेको सम्बन्धमा मंगलबार भारतीय अखबार ‘नवभारत टाइम्स’ ले अनलाइन संस्करणमा लेखेको छ– ‘भट्टराईको कदमबाट नेपालमा भारतको कुरा मिल्न सक्छ’ ।
दीपान्जन राय चौधरीले लेखेको समाचारमा भनिएको छ, ‘नेपालका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी पार्टीबाट राजीनामा दिएपछि नेपालको संविधानमा मधेसी र बाँकी अल्पसंख्यक समुदायका बारेमा भारतका सुझावलाई थप बल मिल्न सक्छ ।’

Leave A Reply

Your email address will not be published.