एनआरएनए कतारको अध्यक्षमा रमेश भट्ट बिजयी

0

गैरआवासीय नेपाली संघ कतारको आगामी कार्यकालका लागि भएको निर्वाचनमा रमेश भट्ट अध्यक्ष पदमा निर्बाचित भएका छन् । शुक्रबार भएको अनलाइन मतदानमा अध्यक्षमा भट्ट, प्रथम उपाध्यक्षमा कृष्ण पन्थी, द्धितिय उपाध्यक्षमा केशब कार्की, तृतीय उपाध्यक्षमा सन्दिप भट्टराई र महिला उपाध्यक्षमा नानू घले ब्लोन निर्वाचित भएका छन् ।

एनआरएनए कतारबाट प्रतिनिधित्व गर्ने ६ जना आइसिसी सदस्यहरुमा श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दिपजंग शाह, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने र बिक्रम कार्की निर्वाचति भएका छन् ।

यसैगरी नयाँ कार्यसमितिको युवा उपाध्यक्षमा सुबास बहादुर थापा, महासचिवमा रबिन मगर, सचिवमासुरज शर्मा अधिकारी, ओम बहादुर क्षेत्री (सन्तोष) र रोशन अर्याल, कोषाध्यक्षमा बुद्ध पाण्डेय, सहकोषाध्यक्षमा झबिन्द्र आचार्य, लेखा समिती संयोजकमा कबिन्द्र कडेल, सदस्यमा बिकास लामा, गिरिराज दुवाडी, निर्वाचचित भएका छन् ।

एन सिसी कतारको राष्ट्रिय समन्वय परिषद सदस्यमा बिष्णु सापकोटा, बिनोद राना मगर, इनुस मोमिन, इसिलाल पन्डित, झबिन्द्र प्रसाद बेल्बासे तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, मो.अजाद मंसुर, मो. कौसर रब्बानी, रमेश केसि, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार, सुदिप पाठक, श्याम प्रसाद पौड्याल निर्बाचित भएकाछन ।

युबा उपाध्यक्ष, युबा संयोजक र महिला संयोजक निर्बिरोध निर्बाचित भएका थिए भने अन्य सबै पदमा मतदान भएको थियो ।

Leave A Reply

Your email address will not be published.