पर्वतारोही पण्डितद्वारा ओलीलाई ढुङ्गा उपहार

काठमाडौँ, १० असोज । लामो दूरीका धावक एवम् विश्व कीर्तिमानी पर्वतारोही सञ्जय पण्डितले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च शिखर सगरमाथा र अमेरिकी महादेशको सर्वोच्च शिखर एकन्कागुवाको ढुङ्गा उपहारस्वरुप प्रदान गर्नुभएको छ ।
आज यहाँ आयोजित कार्यक्रममा धावक पण्डितबाट उपहार पाएपछि अध्यक्ष ओली भन्नुभयो – “संसारका हिमाल जित्ने उहाँको अभियानलाई मेरो सहयोग सदैव रहनेछ ।” धावक पण्डितले सर्वोच्च शिखरबाट आफूले ज्यानकै बाजी राखेर ल्याएका ढुङ्गा संविधान बनाउन प्रमुख भूमिका खेल्नुभएका ओलीलाई प्रदान गर्न पाएर आफू अत्यन्त हर्षित भएको बताउनुभयो ।
सात महादेशीय सर्वोच्च शिखरको आरोहणका क्रममा रहेका पण्डितको अन्तिम यात्रा अबको केही महिनाभित्रै अन्टार्टिका महादेशको शिखर ‘माउण्ट भिन्सन मासिफ’को हुनेछ ।