रौतहट, १० असोज । अपहरण गरी हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले इनर्वा गाविस–३ वस्ने जितेन्द्रप्रसाद कुशवाहाको अपहरण गरी हत्या गरेको आरोपमा भुनेश्वरलाल राउत कुर्मी, सुगान्धी देवी, रीता कुमारी पटेल र इनरजित पटेललाई पक्राउ गरिएको जनाएको छ ।
आरोपित भुवनेश्वरलालले कुशवाहालाई गत भदौ २७ गते राति ११ बजेको समयमा मोबाइलबाट फोन गरी बोलाएर लगी अन्य सहयोगीको समेत साथ लिई हत्या गरेको र शवलाई पिपरिया परोहा–७ स्थित सोती खोलाको झाडीमा फालेको स्वीकार गरेको प्रहरी निरीक्षक नवराज खड्काले बताउनुभयो ।