पूर्वराष्ट्रपति भिक्टोर यानुकोभिचलाई सत्ताच्युत गरिएको १८ महिनाभन्दा बढी भइसक्दा पनि युक्रेनको सङ्कट जस्ताको त्यस्तै छ । क्रिमियालाई पुनःरसियाले लिएको छ, (कतिले त यसलाई रसियामा गाभिएको पनि भन्छन्), पूर्वी युक्रेनको अधिकांश भूभाग रसिया समर्थित विद्रोहीहरूले नियन्त्रणमा लिएका छन् भने उता पश्चिम र रसियाबीचको सम्बन्ध भने शीत युद्धकालीन समयको भन्दा अझ तिक्त बन्न पुगेको छ ।
के कसैले फाइदा लिएको दाबी गर्न सक्छ ? युक्रेनलाई पश्चिमसग जोडिएको हेर्न चाहनेहरूले रसियामाथिको नाकाबन्दीले दरबारिया कु वा जनविद्रोहमार्फत क्रेमलिनको सत्ता परिवर्तनको अपेक्षा गरेकामा हाल आएर आफ्नो आशाहरू तुषारापात भएको महसुस गर्न थालेका छन् । राष्ट्रपति पुटिनको प्रसिद्धि पहिलेभन्दा बढ्दो छ, यस्तै युक्रेनको तत्काल पतनको अपेक्षा एवम् रसिया पक्षधरहरूको पूर्व र दक्षिण दुवैतिरका प्रान्तमा पकड जम्ने आशा गरेकाहरू पनि निरास भएका छन् ।
दुःखद कुरा त के भने, यो भ्रमको मूल्यबापत एकातिर युद्ध बिरामको उल्लङ्घनपश्चात् अर्थात् सन् २०१४ को अप्रिलपश्चात्मात्र पनि छ हजारभन्दा बढी मानिसले ज्यान गुमाउन पुगेका छन् भने अर्कोतिर, भू–रणनैतिक हिसाबले पनि झन ठूलो जोखिम लिइरहेका छन् । यस्तो लाग्छ, दुवै पक्ष अन्तिम युक्रेनियाली बा“की रहुन्जेल युद्ध गर्न चाहन्छन् ।
मैले पहिले पनि रसियाले कहिले हार खाने छैन भनेर भनेको थिए“ । युरोपिपयन युनियनको रूपमा होस् वा नेटोको विस्तारका रूपमा नै किन नहोस् पश्चिमाहरूको युरोपमाथिको पकड (युरोप जसलाई रसियाले आफ्नो राष्ट्रिय सुरक्षास“ग जोडेर हेर्ने गर्छ) र लगभग दुई दशकको विस्तारबाट भित्तैमा पुग्ने गरी घचेटिएपछि रसियालीहरूले पनि आफ्ना स्वार्थको प्रतिरक्षा गर्न नैतिक बल प्राप्त गरेको देखिन्छ ।
दुवैतिरबाट आरोपप्रत्यारोप चलिरहेको एवम् बढ्दो असमझदारीकाबीच रसिया र पश्चिम बीच विद्यमान गतिरोध अझ गहिरिने कुरा लगभग निश्चित प्रायःभइसकेको छ । यस्तो परिस्थितिमा दुवै पक्षलाई समाधानको खा“चो छ, शीतयुद्धकालमा विजयी भएजस्तो देखिएको भए तापनि पश्चिमले पनि एकातिर शान्ति र चयन गुमाइसकेको छ । अर्कोतिर, यतिबेला रसिया र युरेसियाली राष्ट्रहरू सबै मिलेर इस्लामिक अतिवादीबाट उनीहरूले महसुस गरिरहेको खतराको सामना गर्नुपर्ने अवस्था टड्कारो रूपमा देखा परिरहेको समयमा युरोप पनि पुनःविभाजनको सङ्घारमा पुगेको महसुस गर्न थालिएको छ ।
यो सबै त्यसबेला भइरहेको छ जतिबेला युरोपका दुवै भागहरू आफ्नो नया“ भू–राजनैतिक वा अझ भनौँ आध्यात्मिक पहिचानको खोजी गरिरहेका छन् । जतिखेर युरोपियन युनियन आप्रवास र एकीकृत प्रणालीसम्बन्धी समस्याहरूको सामना गर्न तल्लिन रहेको छ त्यति नै बेला रसिया भने युरोप केन्द्रित सांस्कृतिक एवम् आर्थिक परिवेशबाट उम्किँदै युरेसियन विकल्पतिर लम्किँदै छ ।
संयुक्त राज्य अमेरिका, कमसेकम बाराक ओबामाको शासनकालमा, अस्थिरताको समस्याग्रस्त क्षेत्र र समाधान हुन बा“की सङ्कटलाई पछाडि छोडी एक खालको अर्ध–पृथकीकरणको अवस्थामा फर्केको छ ।
उसो भए अब के होला त ? पश्चिम र पूर्वी दुवै युरोप राजनीतिक द्वन्द्व र आर्थिक गतिहीनताको सिकार बनिरहँदा पा“च शतक लामो तथा विश्वमाथि युरोपको हालीमुहालीको औपचारिक अन्त्य अपरिहार्य बनेको छ । पहिले सोभियत सङ्घ र संयुक्त राज्य अमेरिका शक्तिशाली रहँदा दुई धु्रवीय विश्व रहेकामा पछि सोभियत सङ्घको पतन पछि दुई धु्रवीय विश्वमा अमेरिकी एक धु्रवीय वर्चश्व कायम गराउन खोज्दा असफल बनिसकेपछि विस्तारै हामी बहुध्रुवीय संसारतिर प्रवेश गर्दैछौँ ।
एक्काइसौँ शताब्दिमा आएर नया“ दुई महाधु्रवले शक्ति प्राप्त गरेस“गै यो पनि अस्थायी बन्न पुग्न सक्छ । एउटा अमेरिका र यसको ट्रान्स–प्यासिफिक पार्टनरसीप (टिपिपी) र ट्रान्स–एट्लान्टिक व्यापार तथा लगानी साझेदारी (टिटिआइपी) सम्पन्न गर्ने महत्वकाङ्क्षामा केन्द्रित देखिन्छ भने अर्को महाध्रुव ग्रेटर युरेसियाका रूपमा चीन, रसिया, काजाकिस्तान, इरान र सम्भवत भारतसमेत भएर देखा परेको छ ।
यो शक्तिको बलियो जगका रूपमा रसिया नेतृत्वको युरेसियन आर्थिक युनियन (इइयु) र चिनियाँ राष्ट्रपति सि जिनपिङ्को सिल्करोड अभियानबीच समन्वय गर्न सन् २०१५ को मेमा रसिया र चीनबीच भएको सहमति, (जुन सहमतिले मध्य एसियाका अर्थतन्त्रहरूलाई पश्चिममा चीन नजिक रहेका अर्थतन्त्रलाई जोड्ने लक्ष्य राखेको पाइन्छ) रहेको पाइन्छ ।
तर विचार गर्न लायक कुरा के हो भने के यो ग्रेटर युरेसियाले युरोपलाई अहिलेको सुरक्षासम्बन्धी गतिरोधको अन्त्य गर्न सक्छ ? युरोपमा पनि केहीले अर्गनाइजेसन फर सेक्युरिटी एण्ड कोअपरेसन इन युरोप (इओएससी) लाई मजबुत बनाउनेबारेमा जोड दिन सक्छन् तर सत्य के हो भने शीत युद्धकालीन इतिहास र शीतयुद्धपश्चात् शान्ति प्रवद्र्धन गर्न नसकेको असफलताको इतिहास हेर्दा इओएससी यो भूमिका खेल्न त्यति सक्षम देखिँदैन ।
विकल्प इयु र इइयुबीचको वार्ता बन्नसक्छ तर त्यो पनि एउटा चलाखिमात्र बन्न सक्छ किनकी इइयुले चीन र यसका सिल्करोड सहयात्रीबीचको अझ नजिकको सम्बन्धलाई बढावा दिन चाहन सक्छ । यस सन्दर्भमा अर्को उपयुक्त तरिका शीघ्रातिशीघ्र चीन र यसका युरेसियन राष्ट्रहरूबीच साङ्घाइदेखि लिस्बनसम्म एउटा साझा आर्थिक मञ्चको खोजी गर्नु हुन सक्छ ।
युरोपियन युनियनलाई सिर्जनसील किसिमले यता प्रवेश गर्न सहज बनाउने बाटो साङ्घाइ समन्वय संस्था (एससिओ), जसको स्थापना भारत र पाकिस्तान अर्को वर्षदेखि यसमा संलग्न हुनेगरी चीन, रसिया, काजाकस्तान, किर्गिस्तान, ताजाकिस्तान र उज्वेकिस्तानको सहभागितामा सन् २००१ मा भएको थियो, मार्फत् बन्न सक्छ । पुरानो संरचनाको असफलताले नया“ संरचनाको निर्माणको बाटो खोल्छ । चीन र युरेसियन राष्ट्र तथा युरोपियन राष्ट्रहरूस“गको सार्थक वार्ताले यसको सुरुवात गर्न सक्छ ।
यी कुनै पनि क्रियाकलापले ओएससिइ वा नेटोलाई निरर्थक बनाउने छैनन् । सक्रिय वा सुसुप्त जुनसुकै अवस्थामा रहेको भए तापनि युरोपियन युनियन र ग्रेटर युरेसियाबीचको संवाद र समन्वयको बृहत् संरचनामार्फत अहिलेको द्वन्द्वको अन्त्य नै सबैको चासोको विषय हो ।
यो परिदृश्यमा संयुक्त राज्य अमेरिकाको भूमिका के हुने भन्ने पनि विचारणीय पक्ष हो । के अमेरिका अर्ध–पृथकीकरणको अवस्थामा रहिरहेर भविष्यमा कहिले एकध्रु्वीय अवसर आउला (जसको सम्भावना एकदम क्षीण देखिन्छ) भनेर पर्खिरहला ? आशा गरौँ, अमेरिकाले एउटा सुन्दर र शान्त विश्व निर्माणमा जिम्मेवार राष्ट्रले खेल्ने भूमिका खेल्नेछ ।
– सर्गेइ कारागानोभ