काठमाडौं \ राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन् ।
उनले नेपालमा संघीयता विरुद्धको जनमत तयार भइरहेको बताउँदै लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गरेका छन् ।
कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि नीति कार्यक्रममा उल्लेख हुनुपर्ने भन्दै सरकारले ल्याएका नीति कार्यक्रम पारित गरिने बताएका छन् ।