काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कर्णाली प्रदेशका मुख्मयन्त्री राजकुमार शर्माबीच भेटघाट भएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मुख्यमन्त्री शर्माले कर्णालीको विकासबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।
भेटका क्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहको पनि उपस्थिति रहेको थियो ।
कर्णाली प्रदेशको समग्र विकास, राजस्व संकलनको अवस्था, सडक, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका विषयमा मुख्यमन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराए ।
यस्तै प्रधानमन्त्री प्रचण्डसँग कर्णाली करिडोर, भेरी करिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग, रारा पर्यटन मार्ग, मुक्तिनाथ जोड्ने बाटो, सुर्खेत र जुम्लाको एयरपोर्ट विस्तारको विषयमा छलफल भएको मुख्यमन्त्री शर्माले बताए ।