ठूला दलहरुप्रति जनताको चासो घट्यो : कांग्रेस सभापति देउवा

0

काठमाडौं : नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा उपनिर्वाचनमा ठूला राजनीतिक दलहरुप्रति जनताले चासो नदेखाएको बताएका छन् । संसद भवनमा बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता औंल्याएका हुन् ।


बैठकमा सांसदहरुले छोटो समय देशको नेतृत्व गर्नुभएका बिपीपछि काँग्रेसबाट धेरै नेतृत्व र अर्थमन्त्री बनेपनि जनतासँग जोडिने कार्यक्रम ल्याउन नसकेको गुनासो गरेका थिए । त्यसपछि सभापति देउवाले देशको आर्थिक अवस्था राम्रो नभएको र बजेट ल्याउँदा जनतासँग जोडिने खालका कार्यक्रम राख्नुपर्ने पनि बताएका थिए ।

सांसदहरुले आगामी बजेटमा जनताका माग कसरी सम्बोधन गर्ने ? पुराना आयोजना सम्पन्न गर्ने र नयाँ आयोजना ल्याउने कुरामा विशेष जोड हुनुपर्ने धारणा राखेका हुन । सांसदहरुले आगामी बजेटमा प्रत्येक निर्वाचन क्षेत्रमा थारैमा एउटा नागरिकले खेख्ने योजना, स्थानीय तहको कार्यालयमा जाने बाटोहरु कालोपत्रे गर्ने र व्यवस्थित शहर, स्वास्थ्य र शिक्षा हरेक तहमा पुग्नुपर्ने गरी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन ।

Leave A Reply

Your email address will not be published.