रङ खुइलिएका जेब्रा क्रसिङ मर्मत गर्दै ट्राफिकप्रहरी….
फागुन २७ शनिबार



कोहलपुर १२ चप्परगौडिमा मेटिएका जेब्राक्रसिङको मर्मत कोहलपुर ५ नम्बर बिटका ट्राफिक प्रहरी र जनपथ प्रहरीहरुले शनिबारको दिन पारेर मर्मत कार्य थालेका छन।
यात्रुहरुलाई सुरक्षीत बाटो काट्नका लागि बनाइएका जेब्रा क्रसिङ रङ खुइलिएर देखिदैनन। यसले एकातिर यात्रुलाई सडक पार गर्न अप्ठ्यारो हुन्छ भने अर्कातिर दुर्घटनाको जोखिम निम्त्याउछ ।
जेब्रा क्रसिङ मेटिंदा ट्राफिक प्रहरीलाई पनि कठिनाइ हुने गरेको छ ट्राफिक प्रहरी सहायक हवल्दार धनिराम चौधरीले भने । जेब्रा क्रसिङ बनाउने र थप्ने काम सडक बिभाग अन्तर्गतको हो।