टर्कीमा ७.८ रेक्टरस्केलको शक्तिशाली भूकम्प

0

एजेन्सी : टर्कीको दक्षिणी क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा  लगभग २० लाख जनसंख्या छ । त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेको बीबीसीले जनाएको छ ।

भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.