काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको बताएका हुन् ।
प्रमुख शाहले अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरुको संरक्षण नगरे बिस्तारै सम्पदा र सभ्यताहरु लोप हुँदै जाने बताए ।
प्रमुख शाहले काठमाडौं उपत्यकावासीहरुले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन आग्रह गरे ।
उनले सभ्यता र संस्कृतिको जगेर्ना गर्नका लागि महानगरले सहयोग गर्ने र सभ्यता, संस्कृतिको संरक्षण काठमाडौं महानगरपालिकाको दायित्व र कर्तव्य भएको बताए ।