पोखरामा भएको यति ईयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा बेल्जियमको लुभेन नगरपालिकाको प्राङ्गणमा दीप प्रज्वलन,
गैर आबासीय नेपाली संघ बेल्जियमले गत आईतवार यति ईयरलाइन्सको जहाज दुर्घटनामा परि निधन भएका यात्रिहरुको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धान्जली अर्पण गरेकोछ । बेल्जियमको लुभेन शहरको केन्द्रमा रहेको नगरपालिका भवनको प्राङ्गणमा आयोजना गरिएको श्रद्धान्जली कार्यक्रममा त्यस शहरमा बस्ने नेपालीहरुले म्रितकहरुको आत्माको चीरशान्तिको कामना गर्दै दीप प्रज्वलन र पुष्प अर्पण गरेका थिए ।
एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीको अगुवाईमा भएको श्रद्धान्जली कार्यक्रममा उपस्थित भएका नेपालीहरुले एकै पटक ७२ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा दु:ख ब्यक्त गर्दै म्रितकका परिवारजनलाई समबेदना प्रकट गरेका थिए ।