विश्व मगर संघ बेल्जियमले आज एक बिशेष कार्यक्रम आयोजना गरी माघे संक्रान्ती पर्ब मनाएकोछ ।
बेल्जियमको लुभेन सहरमा आयोजित मगर समुदायको साँस्कृतिक पर्बको कार्यक्रमलाई सम्बोधन गर्दै बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले नेपाल बिबिध किसिमका चाड पर्ब र परम्पराको धनि रहेकोले बिबिधता भित्र एकता कायम गरी सबै नेपाली चाडपर्ब र परम्पराको संरक्षण् गर्नु पर्छ भन्नु भयो । कार्यक्रमका प्रमुख अतिथी राजभन्डारीले प्रबासमा मनाइने यस् खाले पर्बहरुको अझ धेरै महत्व हुन्छ भन्दै नेपालको संबिधानले प्रदान गरेको समानता र स्वतन्त्रताको अधिकार प्रयोग गरेर हरेक समुदायले आफ्नो कला संस्क्रितीको जगेर्ना गर्न लाग्नु आबस्यक रहेको बताउनु भयो ।
संघका अध्यक्ष लोक राना मगरले माघे संक्रान्ती कार्यक्रम बेल्जियम मगर समुदाय द्वारा हरेक वर्ष मनाउने गरिएको बताउनु भयो । बिश्व मगर संघ बेल्जियम आदिबासीहरूको भाषा संस्कृति, संस्कार र पहिचानको निम्ति आफ्ना गतिबिधी गरीरहेकोमा माघे संक्रान्ती पर्बको कार्यक्रमले नयाँ पुस्तालाई धेरै कुरा सिकाउन मद्दत पुग्छ भन्नु भयो । कार्यक्रममा सहयोग गर्ने र उपस्थित सबैलाई धन्यबाद दिदै बेल्जियमको नेपाली समाजमा मगर संघ सधैं एकता र भाईचाराको सम्बन्ध बढाउन लागेको छ भन्नु भयो ।
विश्व मगर संघ बेलायतका अध्यक्ष सीता पुन मगरले ज्योतिष अनुसार माघ १ गतेबाट सुर्य उत्तरायणमा प्रबेश गर्ने हुँदा यस् दिनको बिशेष महत्व र प्रभाब रहेको छ भन्दै मगर जातिले यस दिनलाई प्रकृति र पित्रिहरुको पूजा गरेर , आगामी दिनका लागि शुभकामना साटेर मनाउने परम्परा रहेको बताउनु भयो । साथै उहाले विश्व मगर संघ बेलायतले गर्ने कार्यक्रमका लागि बेल्जियम अध्यक्षलाई निमन्त्रणा गर्दै सबैको उपस्थितिका लागि अनुरोध गर्नु भयो ।
विश्व मगर संघ पोर्तुगलका अध्यक्ष कमल पुनले माघे संक्रान्तिको शुभकामना दिदै युरोप भरिका मगर समुदायले आफ्नो भाषा भेशभुसा र चाडपर्बको बिकास र सन्रक्षणका लागि मिलेर काम गरौ भन्नु भयो ।
गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क केसी नेपाल बिभिन्न लोक संस्कृतिले सम्पन्न देश भएको र हाम्रा चाडपर्बले हाम्रो सन्स्कृतिलाई धनि बनाएकाले सबै नेपालीले यस अबसरलाई एकता र विश्वाश बढाउनका लागि सदुपयोग गर्न आग्रह गर्नु भयो । एनआरएनए बेल्जियम बिभिन्न जातीय कला संस्क्रितिको मजबुतिका लागि सहयोग गर्न तत्पर रहेको नेपाल फेस्टिबलको आयोजना गरेर नेपाली समुदायको भेसभुसा कला संस्क्रितिको प्रचार प्रसार गरिरहेको र आगामी दिनमा पनि यसरीनै गर्नेछ भन्नु भयो ।
कार्यक्रममा प्रबासी मन्च बेल्जियम अध्यक्ष चन्द्र कुमारी गुरुङ ( ईशा ), नेपाली जन प्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, निबर्तमान अध्यक्ष जीत लामा, आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष बीरमान मगर, आदिबासी जनजाती मोर्चाका संयोजक बदन योङ्हाङ,युरो कलाकार संघ बेल्जियम अध्यक्ष बलराम पुन , शेर्पा समाजका अध्यक्ष सोनाम लामा , थकुरु समाजका अध्यक्ष सुदन मल्ल, किरात समाजका अध्यक्ष कबिता साउदेन , तामाङ् समाजका अध्यक्ष राम लामा, आदिबासी जनजाती महिला साहित्यकार इन्दिरा चाम्लिङ, नेपाल पत्रकार महासंघ युरोपका पूर्व अध्यक्ष केजिन राई , अन्तरराष्ट्रिय मगर महासंघ युरोप अध्यक्ष नेत्र मगर, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायतले माघे सन्क्रान्ती पर्बको शुभकामना र कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।
सुशिला रोका मगरले संचालन गर्नु भएको कार्यक्रममा कुल मगरले स्वागत मन्तब्य राख्नु भएको थियो ।
मगर सन्स्क्रिती अनुसार दीप प्रज्वलन गरी पित्री पूजा , देवता पूजा गरी कार्यक्रमको सुरुवात गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथी लगायत अतिथिहरुलाई सेतो पगडी लगाएर सम्मन गरिएको थियो । साथै मगर समुदाय लोकप्रिय रहेको धनु बाण खेल पनि खेलाइएको थियो । मगर जातीमा लोकप्रिय भुमे नाच प्रस्तुत गर्दै प्रमुख अतिथी राजदुत राजभन्डारी सहित समाजका अग्रजहरु र अतिथिहरुलाई नचाइएको थियो ।
विश्व मगर संघ बेल्जियमका अध्यक्ष एबम कार्यक्रमका सभापति लोक रानाले औपचारिक कार्यक्रम समापन गरे पछि दोश्रो चरणमा पोर्तुगलबाट आउनु भएकी लोक गायिका जुना गुरुङ्गले आफ्नो प्रस्तुती मार्फत सहभागिहरुलाई नचाउनु भएको थियो भने स्ठानिय कलाकारहरुले न्रित्य प्रस्तुत गरेका थिए ।