युरोपेली प्रतिद्वन्द्वी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्ट्राइकर गोन्कालो रामोसले कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले बुधबार राति सहज जित सहित क्वाटरफाइलनमा मोरक्कोसँगको भेट पक्का गरेको हो । 

कतारको दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरका थिए । 

बुधबारै चाँडोगरि सम्पन्न खेलमा पूर्व च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै मोरक्को क्वाटरफाइलनमा प्रवेश गरेको थियो । 

यो खेलसँगै क्वाटरफाइलन समिकरण पुरा भएको छ । दुई राष्ट्रबीच क्वाटरफाइनलमा भिडन्त हुँदा इङ्ल्यान्डले फ्रान्स, ब्राजिलले क्रोएसिया र अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछन् ।