अहिलेको जनादेशबाट स्थिर सरकार बन्दैन : विष्णु पौडेल

0

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको जनादेशबाट स्थिर सरकार नबन्ने बताएका छन् ।

आज आर्थिक पत्रकार समाजले आयोजना गरेको छलफलमा उनले अहिलेको अभिमतले अस्थिरतालाई नै निरन्तरता दिने बताएका हुन् । 

उपाध्यक्ष पौडेलले आफूले देशमा स्थिरता दिनका लागि कुनै एक पार्टीले बहुमत ल्याओस् भन्ने चाहेको भएपनि जनादेश त्यस्तो नआउनु मुलुकका लागि दुर्भाग्यपूर्ण रहेको बताए ।

उपाध्यक्ष पौडेलले देशको आर्थिक संकट कल्पनातित रहेको भन्दै मुलुकले भोगिरहेको अर्थ संकटलाई मुद्दागत रुपमा विश्लेषण हुनुपर्ने आवश्यक्ता समेत औल्याए । 

उनले सरकारमा बसेर निजी स्वार्थका लागि नीति निर्माण गर्ने हो भने तत्कालका अर्थतन्त्रका समस्या समाधान गर्न नसकिने समेत उल्लेख गरे । 

उपाध्यक्ष पौडेलले हाल आर्थिक क्षेत्रमा असाधारण समस्या रहेको भन्दै साधारण समस्याको समाधान पनि असाधारण हिसावमै हुनुपर्नेमा जोड दिए ।

Leave A Reply

Your email address will not be published.