बेल्जियमको ब्रुगे शहरमा बस्ने नेपालीहरुले स्थापना गरेको संस्था डिस्याबेलिटी सोलिडारिटि इन्टरन्यासनल फाउन्डेशन (डिसोफ) ले सन २०१६ बाट निरन्तर नेपालका असक्त र फरक क्षमता भएकाहरुलाई सहयोग गरिरहेकोछ । संस्थाका सुभेक्षुकहरु सदस्यहरुको दानबाट प्राप्त रकमबाट दृष्टिबिहिनहरुलाई ब्रेन लिपी भएका कम्युटर, अपाङ्गहरुलाई गूड्ने कुर्चिहरु, बिद्यालयका गरीब विद्यार्थीहरुलाई अन्य पाठ्यसामाग्री लगायतका समानहरु सहयोग गर्दै आएको संस्थाका पदाधिकारीहरुले जानकारी गराएकाछन ।
नेपालमा बिशेष गरी अपाङ्गहरुले सहयोगको लागि अनुरोध गर्ने र अती आबस्यक भएकाहरुलाई क्षमताले ब्याए सम्म सहयोग गर्ने गरेको संस्थाले बताएकोछ । अहिले सम्म कास्की तनहुँ म्याग्दी झापा , ताप्लेजुङ् लगायतका आठ जिल्लाका बिभिन्न स्थानमा सहयोग गरिएको उनिहरुले जानकारी गराएकाछन ।
डिसोफको परोपकारी कामका बारेमा संस्थाका अध्यक्ष दिल्ली सुब्बाको भनाई….