काठमाडौं : ललितपुर र काठमाडौंका केही स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ भने काठमाडौंको बुढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ ।

हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ ।

बुढानीलकण्ठस्थित स्पेशल चोक फेला परेको शंकास्पद वस्तु पनि डिस्पोज गरिएको छ ।

निर्वाचन बिथोल्ने समूहले शंकास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।